प्रेस सेन्टर दैलेखको अध्यक्षमा रामकृष्ण कठायत

दैलेख ः प्रेस सेन्टर जिल्ला शाखा दैलेखको अध्यक्षमा रामकृष्ण कठायत चयन भएका छन् । शुक्रवार दैलेखमा आयोजित प्रेस सेन्टर नेपाल जिल्ला शाखा दैलेखको दोस्रो जिल्ला अबिधेशनबाट कठायत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।
अबिधेशनबाट उपाध्यक्षमा सर्वजित थापामगर, उपाध्यक्ष ९महिलातर्फ० टिका रावल, सचिवमा तिर्थ भण्डारी, सह–सचिव ९खुल्लातर्फ० पृथ थापा, सह–सचिव समावेशीमा राकेश बिक, र कोशाध्यक्षमा खगेन्द्र राना मगर चयन भएको प्रेस सेन्टर दैलेखले जाएको छ ।

यस्तै सदस्यहरूमा केशवराज पौडेल, जनकराज शाही, भिमबहादुर थापा मगर, सन्तोष कठायत लगायत सेन्टरले चयन गरेको छ । सेन्टरले जनाए अनुसार कृष्णप्रसाद शर्मा, पुष्पा शाही र गणेश रोकायलाई प्रदेश प्रतिनिधि र भूपेन्द्रबहादुर शाहीलाई केन्द्रीय प्रतिनिधिमा चयन गरिएको छ ।

नवगठित कार्यसमितिका पदाधीकारीहरुलाई शुभकामना दिँदै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नवीन रिजालले पत्रकारको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
उनले आफ्नो भनाई राख्दै राज्यको विकासका लागि समेत पत्रकारिताको भूमिका ठुलो रहेको बताउँदै दैलेखमा सञ्चार क्षेत्रले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र दैलेखका जिल्ला संयोजक प्रेम बहादुर कटुवाल ९बिरवल०, प्रेस सेन्टर नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लोकेन्द्र पौड्याल, वाईसीयल नेपालका केन्द्रीय सदस्य गोपाल बिसी, प्रेस सेन्टर नेपालका कर्णाली प्रदेश सदस्य कृष्णा देवकोटा लगायतले पनि नयाँ कार्यसमितिका पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५