दैलेखमा मास्क नलगाई हिड्ने ५१ जनालाई जरिवाना

दैलेखः दैलेखमा मास्क नलगाई हिड्ने ५१ जनालाई प्रहरीले जरिवाना तिराएकाे छ । काेराेना भाइरसकाे जाेखिमलाइ मध्यनजर गर्दै प्रहरीले तपाईँको मास्क खोई ? अभियान संञ्चालन गरेर जनचेतना सदरमुकाम हुँदै पालिका स्तरसम्म पुर्‍यायो। मास्क लगाउन अभिप्ररित गरि दैलेख प्रहरीले सञ्चालन गरेको सचेतना कार्यक्रमपछि अटेर गरि मास्क नलगाउनेलाई जरिवाना गरेको हो।

पहिलो चरणमा सचेतना कार्यक्रम मार्फत कोरोना भाईरसबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने भन्दै निशुल्क वितरण गरेको गरेको थियो। दैलेखमा मास्क नलगाई हिड्ने ५१ जनालाई १ सय रुपैँया जरिवाना हो। प्रहरीले जनमानसमा अनिवार्य मास्क लगाउन सचेतना कार्यक्रम गरेर ३ हजार पिस माक्स वितरण समेत गरेको तर, पछिल्लो समय मास्क नै नलगाई अटेर गरेर हिड्ने ५१ जनालाई एक सय रुपैँया जरिवाना गरेको दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्लाशाखा तथा नागरिक समाजसंग मिलेर प्रहरीले जिल्लाभर तपाईको मास्क खोई ? अभियान चलाएको छ। मुख्यत कोरोना भाईरसबाट बच्चका लागि आम नागरिक माँझ सचेतना कार्यक्रम पुराएको जनाएको छ। अभियानले स्थानीय नागरिकहरुमा मुख्यत जनचेतनामुलक  सन्देश पुगेको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापाले बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५