नेपाल प्रहरी श्रीमती सङ्घद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दैलेखः दैलेख जिल्लाका ३ वटा विद्यालयमा विपन्न बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । नारायण नगरपालिका दैलेख र दुल्लु नगरपालिकाका अध्ययनरत छात्र/छात्राहरूलाई नेपाल प्रहरी श्रीमती सङ्घ केन्द्रिय कार्यसमिति र नेपाल एसबिआई बैङकको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । शुक्रवार दैलेखको बाल मन्दिर प्राथमिक विद्यालय नयाँ बजार, ईश्वरी प्राथमिक विद्यालय नारायण–९ र दुल्लु नगरपालिकाको नेपाल राष्ट्रिय  माध्यमिक विद्यालयका गरिब,विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो ।
बाल मन्दिर प्राथमिक विद्यालयको आयोजनामा नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माको अध्यक्षता , नेपाल प्रहरी श्रीमती सङ्घका केन्द्रीय अध्यक्ष श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा कणाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सामकोटा र नेपाल प्रहरी श्रीमती सङ्घका कोषाध्यक्ष र सचिवको विशेष आतिथ्ययतामा बाल मन्दिर विद्यालयमा अध्ययनरत छात्र / छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

शैक्षिक सामग्री वितरण पश्चात् कार्यक्रमलाई सम्बोधनको क्रममा प्रमुख अतिथि श्रीमती नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्छ भन्ने नेपाल प्रहरी श्रीमती सङ्घको उद्देश्य अनुरूप शैक्षिक सामग्री वितरण गरिएको जसले बिद्यार्थीहरुको अध्ययन प्रति उत्साह बढाउनुका साथै सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गर्न मद्दत मिल्ने बताइन् ।

बालमन्दिर बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादर थापाले भने “बालमन्दिर प्राथमिक विद्यालयमा अध्ययनरत अल्पसंख्यक, सिमान्तकृत तथा पिछडिएको समुदायका विद्यार्थीहरूलाई कपी, कलम, पेन्सिल, ईरेजर लगाएतका शैक्षिक सामग्री वितरण गरेकोमा श्रीमति संघलाई धन्यवाद दिए ।”

कार्यक्रममा नगरप्रमुख लोमन शर्माले भने “श्रीमती सङ्घले बिद्यार्थीहरुलाई जुन शैक्षिक सामग्रीहरू वितरण गर्ने कार्यक्रम दैलेख जिल्लाको जुन दलित, विपन्न  तथा आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गरे ।”  यसले आगामी दिनमा हाम्रा समुदाय स्तरमा भएका बालबालिकाको समस्या पहिचान गर्ने, विद्यालयको अवस्था पहिचान गर्दै आउँदा दिनहरूमा यसले थप उपलब्धि प्राप्त हुने विश्वास लिएको धारणा राखेका थिए ।

कार्यक्रममा कणाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सामकोटा र नेपाल प्रहरी श्रीमती सङ्घका कोषाध्यक्ष र सचिव, नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश कुमार श्रेष्ठ,  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख श्रवण कुमार बि.क., नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका प्रमुख कणाली प्रदेश, नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशका पदाधिकारीहरू, स्थानीय नागरिक समाज , अन्य बिद्यालयका शिक्षक, सोसेक नेपालका प्रतिनिधि लगायत शिक्षक , नेपाल पत्रकार महांसघ दैलेखका निर्वतमान अध्यक्ष अमर सुनार लगायत अन्य सञ्चारकर्मिहरु, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनिय सहभागिता रहेको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५