काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ८०१७ जना कोभिड संक्रमित थपिएका छन् । देशभर गरिएको १५ हजार ७ सय ३६ पीसीआर परिक्षणका क्रममा ५ हजार ८ सय १६ जना र ६ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा २ हजार २ सय १ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोभिडका कारण थप १५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ८७ जनाको कोभिडका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार २ सय ९२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ३७ हजार ४ जना निको भएका छन् । हाल नेपालमा ९० हजार ५ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र १ सय ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १३ माघ २०७८, बिहीबार १६:५२