गोठपाँडा कृषक सहकारीको २०औँ वार्षिक साधारणसभा उद्घाटन

दैलेख: दैलेखको नारायण नगरपालिका–६ मा रहेको श्री गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार जिल्ला समन्वय समितिकाे हलमा उद्घाटन गरिएको छ।
सहकारी संस्थाका अध्यक्ष मुनाकुमारी थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले पानसमा बत्ती बाल्दै तथा ब्यानर पढेर साधारणसभाको उद्घाटन गरे ।
कार्यक्रममा विशेष अतिथि, अतिथिहरू तथा संस्थाका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको छ। साधारणसभामा सहकारीको वार्षिक प्रगति, आर्थिक अवस्था, सेवा तथा गतिविधि र आगामी कार्ययोजनाका विषयमा छलफल गरिने जनाइएको छ।
सहकारीले आफ्ना शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको संस्थाले जनाएको छ। सदस्यहरूको आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयलाई साधारणसभाले प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
साधारणसभाले संस्थाको आगामी दिशा तय गर्नुका साथै सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विषयमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ।


गोठपाँडा कृषक सहकारी संस्था लिमिटेडले आफ्नो चालु आर्थिक वर्षको महत्वपूर्ण वित्तीय तथा व्यवस्थापकीय विवरण सार्वजनिक गरेको छ। संस्थाद्वारा सार्वजनिक प्रतिवेदन अनुसार यस वर्ष सहकारीको कुल बचत परिचालनमा उल्लेखनीय वृद्धि भएको छ भने कर्जा प्रवाहमा केही संकुचन देखिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५