दैलेखः दैलेखमा योग दिवस मनाइएको छ । “स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने नारा सहित १२ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखको आयोजना तथा पतन्जली योग समिति दैलेखको समन्वयमा विभिन्न योगा अभ्यास सहित कार्यक्रम गरिएको स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख, आयुर्वेद चिकित्सक डा. यादव प्रसाद उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा उनले योग र यसको महत्व तथा दिवस को सुरुवात बारेमा बोल्दै संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रस्तावअनुसार २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरिएको बताए । २१ जुनलाई दिवसका रुपमा मनाउने प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए। यसै निर्णय अनुरूप सन् २०१५ जुन २१ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो।
नेपालमा माघ १ गते ‘राष्ट्रिय योग दिवस’ मनाउने बारेमा नेपाल सरकारले विसं २०७२ साउन २८ गते मन्त्रिपरिषद्को निर्णय गरेर ‘राष्ट्रिय रुपमा योग दिवस मनाउँदै आएको छ ।

योग गर्नाले मानसिक, शारिरिक मात्रै नभई आन्तरिक स्वास्थ्यमा समेत फाईदा हुने गर्दछ ।
आइतबार योगा हल गणेश मन्दिर परिषदमा भएको कार्यक्रममा दैलेख जिल्ला स्थित समन्वय प्रमुख नवराज शाही, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्मा, प्रमुख जिल्ला अधिकारी आनन्द शारु, प्रहरी प्रमुख श्रवणकुमार बि.क लगाएत पदञ्जली योग समितिका प्रशिक्षक सहायक प्रशिक्षक तथा दैनिक रुपमा योगा अभ्यास गरिरहेका करीब ७० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
योगा अभ्यास संगै आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले स्वास्थ्य अवस्था बारेमा स्वास्थ्य परिक्षण समेत गरेको थियो । जसबाट ५० भन्दा बढीले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् ।






खुल्ला प्रेस । ७ असार २०८३, आईतवार १२:१३