उपचारका नाममा बलात्कार: एक वर्षपछि अभियुक्त पक्राउ

सुर्खेतः एक वर्षअघि उपचारका लागि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं लगिएकी महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष वैशाखमा जुम्ला घर भएकी महिलालाई उपचारका लागि नेपालगञ्ज हुँदै काठमाडौं पुर्‍याएर बलात्कार गरेको आरोपमा जुम्लाको सिंजा गाउँपालिका वडा नं. २ बिष्टबाडाका ५५ वर्षीय अग्नीप्रसाद धमला शर्मालाई पक्राउ गरिएको हो।

पीडित महिलाले अघिल्लो वर्ष साउनमा प्रहरी बृत्त बालाजु काठमाडौंमा आफूलाई उपचारका लागि ल्याउने व्यक्ति शर्माले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन्। ‘प्रतिवादी फरार रहेकै अवस्थामा प्रहरी वृत्त बालाजुले मिसिल अदालतमा पेश गरेको थियो,’ प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘अदालतले दिएको म्याद तामेल पूर्जी अभियुक्तको घर–ठेगानामा जाँदा फेला पारेर पक्राउ गरिएको हो।’ जिल्ला प्रहरी कार्यालयले मंगलबार शर्मालाई पक्राउ गरेर प्रहरी वृत्त बालाजु पठाएको छ।

एक हजार जरिवाना तोकिएका व्यक्ति पक्राउ

गाली बेइज्जती मुद्दामा जिल्लाा अदालत सुर्खेतले एक हजार रुपैयाँ जरिवाना तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार एक हजार रुपैयाँ नतिरेर फरार रहेका पञ्चपुरी नगरपालिका–४ का ३२ वर्षीय शरदराज तिमिल्सिना र  चौकुने गाउँपालिका–८ का ३५ वर्षीय रत्नप्रसाद उपाध्याय पक्राउ गरेर अदालतमा बुझाएको प्रदेश प्रहरी प्रमुख बास्तोलाले जानकारी दिए। नागरिकबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५