दैलेखबाट चुनाबी प्रतिस्पर्धामा ३६ जनाको उम्मेदवारी

दैलेख : दुई वटा प्रतिनीधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ । उनिहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतहरुका कार्यालयहरुले जानकारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ९ र क्षेत्र नं. २ मा पाँच समेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नंं. १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’ मा पाँच–पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा ‘क’ मा सात र प्रदेश ‘ख’ मा पाँच समेत १२ जनाको उम्मेदवारी परेको छ ।

दैलेख क्षेत्र नं. १ मा राप्रपाकी महामन्त्री कुन्तीकुमारी शाही, नेकपा एमालेका जिल्ला अध्यक्ष रबीन्द्रराज शर्मा, सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापा लगायतका ९ जनाको उम्मेदवारी छ ।

यो क्षेत्रमा एमालेका असन्तुष्ट नेता गोपाल नेपाली, काँग्रेस समर्थक निरकबहादुर थापा र राजनीति झुकाव कतै नदेखाएका गणेशबहादुर शाही समेत तीन जनाले स्वतन्त्र उम्मेदवारी, नेककिपाका प्रकाश गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेपाली काँग्रेस (बीपी)का भूपाल थापाले दलीय प्रतिनिधित्व गर्दै चुनाव लड्दै छन् ।

त्यस्तै दैलेख निर्वाचन क्षेत्र नंं. २ मा प्रतिनिधिसभा सदस्य पदका लागि एमालेका पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल र सत्ता पक्षीय गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिक्पाल शाहीको उम्मेदवारी परेको छ ।

नेपाल मजदुर किसान पार्टीबाट केशेन्द्रप्रकाश कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लोकेन्द्रराज गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बखतबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नंं. १ को प्रदेश ‘क’मा नेमकिपाका जगत ओली, नेपाली काँग्रेसका पूर्णबहादुर खत्री, राप्रपाका हृदयराज शाही, एमालेका धर्मराज रेग्मी र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

यसैगरी प्रदेश ‘ख’मा नेमकिपाका लक्ष्मीकुमारी सिंह, नेपाली काँग्रेसका कृष्णकुमार बीसी, राप्रपाका रणबहादुर सिंह, एमालेका प्रेमबहादुर थापा र स्वतन्त्र उम्मेदवार टेकबहादुर खाणले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी निर्वाचन क्षेत्र नंं. २ को प्रदेश ‘क’मा नेपाली काँग्रेसका घनश्याम भण्डारी, नेकपा एमालेबाट तिलकप्रसाद रिजाल, नेपाल मजदुर किसान पार्टीबाट मदनकुमार भण्डारी, राप्रपाका यज्ञबहादुर थापा, हाम्रो नेपाली पार्टीबाट प्रेमबहादुर भण्डारी, स्वतन्त्र दुई जना उम्मेदवारहरु चक्रलाल सुनार र पुरुषोत्तम रिजालले उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नंं. २ को प्रदेश ‘ख’मा नेकपा एमालेबाट बिनोदकुमार शाह, नेपाल मजदुर किसान पार्टीबाट जयबहादुर थापा, नेकपा माओवादीबाट योगेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानेन्द्रबहादुर शाही, स्वतन्त्र उम्मेदवार राजेशकुमार शाहीको मनोनयन दर्ता भएको छ ।

बागी र दल फेरबदल

एमाले नेता गोपाल नेपालीले दैलेख–१ मा प्रतिनिधिसभा र एकीकृत समाजवादीका नेता टेकबहादुर खाणले दैलेख–१ को प्रदेशसभा ‘ख’मा आफ्नै दलसंगको असन्तुष्टी प्रतिसोधका लागि उम्मेदवारी दिएका छन् ।

उता एमालेले आफूलाई टिकट नदिएपछि योगेन्द्र शाहीले दैलेख क्षेत्र नं २ को प्रदेशसभा ‘ख’मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार दर्ता गराएका छन् । माओवादी केन्द्रका कार्यकर्ताहरुले आगन्तुकलाई यति ठूलो अवसर दिएको भन्दै सामाजिक सञ्जालमा पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५