लागूऔषध कारोबार गरेको आरोपमा आमा-छोरासहित पाँच पक्राउ

सुर्खेत: सुर्खेतमा आमा–छोरासहित पाँच जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । शुक्रबार वीरेन्द्रनगर ५ भेटनरी लाइन सुर्खेतबाट स्थानीय ४० वर्षीया सुमित्रा कामीको घरबाट लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सुमित्रा कामीसहित उनका २३ वर्षीय छोरा रमेश सुनार, वीरेन्द्रनगर नगरपालिका –८ का २१ वर्षीय जीवन मर्साङगी मगर, वीरेन्द्रनगर ७ का २६ वर्षीय ललित सिंजाली र वीरेन्द्रनगर ३ सुर्खेतका २५ वर्षीय उत्तम शाही रहेका छन् ।

सुमित्रा कामीको घरबाट १ सय ग्राम ब्राउनसुगर र ७८ हजार १ सय ९० नगर रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।

सुमित्रासहित अन्य व्यक्तिको साथमा प्लाष्टिकसहित ८ सय ८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र लागूऔषध नापतौल गर्ने प्रयोजनको लागि राखेको डिजिटल तराजु एक थान पनि बरामद गरेको उनको भनाइ छ ।

सुमित्राको घरबाट ठूलो मात्रामा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले बताए । करिब १० लाख पचास हजार रुपैयाँ बराबरको लागूऔषध बरामद भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय हुने छ । कान्तिपुरमा समाचार छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५