माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा ठग्यो

दैलेख : नौमुले गाउँपालिकामा निर्माणाधीन माथिल्लो लोहोरे हाइड्रोपावर कम्पनीले जग्गा र घट्टको मुआब्जा नदिँदा स्थानीयहरु आक्रोशित भएका छन्। हाइड्रो निर्माणका क्रममा जनप्रतिनिधि, प्रभावित स्थानीयसंग गरेको सम्झौता कार्यान्वयन नहुँदा अन्यौलता भएको हो।

माथिल्लो लोहोरे हाइड्रोेपावरबाट प्रभावित ७२ वर्षीय खम्वीलाल कठायतले चलाएको घट्टको मुआब्जा दिन्छु भनेर अहिलेसम्म नदिएको गुनासो गरे। ‘खेतमा आउने सिँचाइ कुलो पनि सुकेको छ।’ उनले भने, स्थानीयहरुलाई मुआब्जा माग्दा कर्मचारीले धम्काउने गर्दछन्।’ उनका अनुसार स्थानीय अनिल कठायत लगायतका स्थानीय दलित समुदायहरुको जग्गा पास गरेपनि हाइड्रोपावरले पैसा अँझै दिएको छैन। स्थानीयहरुको माग सम्बोधन नगरेर हाइड्रोपावरका कर्मचारीले मनलाग्दी, दादागिरि देखाउन थालेपछि स्थानीयहरु आजित छन्।

स्थनीयका अनुसार ट्याम साईट र पाईपलाईनमा जथाभावी डोजर लगाएर खन्दा सिँचाइ कुलोमा पानी कम बन्न थालेको छ। जसले खेतमा सिँचाइ समस्या भएको उनीहरुको भनाइ छ। क्षतिपूर्ति नदिई काम सुरु गर्दा मुहान सुकेर घट्ट चल्न छाडेको कठायतले बताए।

कम मूल्यमा जग्गा पास गरेर हाइड्रोपावरसंग जोडिएका कर्मचारीले स्थानीयलाई मर्कामा पारेका छन्। नौमुले गाउँपालिकाका अध्यक्ष भद्रे बुढा मगरले हाइड्रोपावरबाट प्रभावित स्थानीयहरुको समस्या आफूले बुझेको र समाधानका लागि हाइड्रोसंग र सम्बन्धित व्यक्तिहरुसंग कुरा गर्ने बताए। हाइड्रोपावरका कर्मचारीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन। नागरिकमा समाचार छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५