पहिलोपटक कर्णालीमा चारसय केभीको प्रसारणलाइन निर्माण अघि बढ्यो

काठमाडौं : कर्णाली नदि बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि फुकोट(कर्मादेव ४०० केभी डबल सर्किट प्रसारणलाइनको निर्माण अघि बढेको छ ।

कर्णाली प्रदेशको फुकोट (कालिकोट) देखि सुदूरपश्चिम प्रदेशको कर्मादेव (कैलालीको नेपाल भारत सीमा) सम्म १२१ किलोमिटर लामो ४०० केभीको प्रसारणलाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको हो ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) समेत भइसकेको आयोजना आगामी आर्थिक वर्षदेखि निर्माणमा जाने राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञावलीले बताए ।

कम्पनीले यस अघि थप दुई आयोजनाको ईआईए सम्पन्न गरेको भएपनि पहिला निर्माणमा जाने आयोजना भने फुकोट-बेतन-दोदोधरा-कर्मादेव ४०० केभी प्रसारणलाइन आयोजना हुने ज्ञावलीले बताए ।

आयोजना अन्तर्गत फुकोट, बेतन र दोदोधरामा गरी ३ ओटा सवस्टेशन पनि निर्माण गरिने छन् । निर्माणमा जाने तयारीमा रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनादेखि ९०० मेगावाटको माथिल्लो कर्णाली र ४३९ मेगावाटको बेतन कर्णालीको विद्युत यहि प्रसारणलाइनबाट प्रवाह हुने छ ।

कर्णाली नदि बेसिनमा निर्माण हुने अन्य आयोजनासमेत गरि कुल २ हजार ६०० मेगावाट विद्युत उक्त प्रसारणलाइनले प्रवाह गर्ने छ ।

१२१ किलोमिटर लामो प्रसारणलाइनमा करीब ४०० ओटा टावर निर्माण हुने छन् । भविष्यमा कर्णाली बेसिनका आयोजनाको विद्युत भारतसम्म निर्यात गर्ने उदेश्यले उक्त प्रसारणलाइनको अन्तिम विन्दु नेपाल भारत सीमासम्म जोडिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका वडा न। ११ मा प्रस्तावित फुकोट सवस्टेशनदेखि नेपाल भारत सीमा क्षेत्र कैलालीको भजनी नगरपालिका(५ कर्मादेवसम्म ४०० केभी हाइ भोल्टेज डबल सर्किट प्रसारणलाइन निर्माण गरिने भएको हो ।

राष्ट्रिय ग्रिड कम्पनीले वातवरणीय प्रभाव मूल्याकंन गरिसकेको यो आयोजना तीन खण्डमा निर्माण गर्न लागिएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले यी तीन ओटै खण्डको निर्माण एक साथ अघि बढाउन लागेको हो ।

कम्पनीले निर्माण अनुमति मागेपछि विद्युत विकास विभागले आयोजना निर्माण गर्दा पर्नसक्ने असरका बारेमा रायसुझाव दिन सार्वजनिकम सूचना प्रकाशित गरेको छ ।

प्रसारणलाइनको पहिलो खण्ड कालिकोटको फुकोट सवस्टेशनदेखि सुर्खेतको बेतन सवस्टेशनसम्म ५५ किलोमिटर हुनेछ । जसमा करीब १९४ ओटा टावर राखिने छन् ।

सुर्खेतको चौकुनेदेखि कैलालीको बर्दगोरियामा प्रस्तावित दोस्रो खण्ड दोदोधरा सवस्टेशनसम्म ३९ किलोमिटर प्रसारणलाइन निर्माण हुने छ । जसमा करीब १२० ओटा स्टिल टावर राखिने छन् ।

त्यस्तै तेस्रो खण्ड अन्तर्गत दोदोधरा सवस्टेशनदेखि नेपाल(भारत सीमा क्षेत्र कैलालीकै भजनी नगरपालिका(५ कर्मादेवसम्म २७ किलोमिटर लामो प्रसारणलाइन बन्ने छ । जसमा करीब ९० ओटा टावर राखिने छन् ।

दोदोधरा(कर्मादेव खण्डको निर्माण कार्य २०८२ असोजभित्र र दोदोधरा(बेतन(फुकोट खण्डको निर्माण २०८३ कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आर्थिक अभियानबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५