समानुपातिकतर्फ एमालेभन्दा कांग्रेस एक लाख मतले पछाडि

काठमाडौं : प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिकतर्फको मत गणना जारी छ । अहिलेसम्म नेकपा (एमाले) को अग्रता कायमै छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार एमालेले प्रतिनिधि सभातर्फ २२ लाख ७३ हजार बढी मत प्राप्त गरेको छ । २१ लाख ६९ हजार मतसहित नेपाली कांग्रेस दोस्रो स्थानमा रहँदा नेकपा (माओवादी केन्द्र) ९ लाख ५१ हजारभन्दा बढी मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १५ हजार, राप्रपा ४ लाख ८३ हजार, जसपा २ लाख ७३ हजार तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख १४ हजार बढी मत ल्याएका छन् ।

प्रदेशसभातर्फको समानुपातिक मतमा पनि एमालेले नै अग्रता लिएको छ । मुलुकका सातप्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि तीन लाख २० हजारभन्दा बढी मत ल्याउनुपर्ने छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५