दैलेख प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । जिल्लामा अवैध मदिरा सेवनले शान्ति सुरक्षामा कठिनाई आउने भन्दै प्रहरीले अबैध मदिरा रोक्नको लागि अभियाननै चलाएको छ । जिल्ला भित्रका विभिन्न बजारबाट दैनिक जस्तो अवैध मदिरा नष्ट गरिरहेको छ । स्थानीय चुनाबलाई सम्मेत मदिराले असर गर्ने भन्दै प्रहरीले यस्तो अभियान संचालन गरेको दैलेख प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले जानकारी दिए ।
प्रहरीले शनिबार प्रहरी चौकी रानिमत्ता प्रहरी चौकी भैरवी अस्थाई प्रहरी पोष्ट लोहोरे लगायतका स्थानबाट अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । प्रहरीले एक सय २० लिटर मदिर तिन सय ६० लिटर कच्चा पदार्थ गरी चारसय ८० लिटर मदिरा नष्ट गरेको जानकारी दिएको छ ।




खुल्ला प्रेस । १४ फाल्गुन २०७८, शनिबार १९:५१