दैलेखमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा शुक्रबार एक पुरुष पक्राउ परेका छन् । पीडित किशोरीकी आमाले जिल्ला प्रहरी कार्यलय दैलेखमा उजुरी दिएपछि उक्त व्यक्ति पक्राउ परेका हुन् ।
पीडित किशोरीकी आमाले उक्त घटनाको पोल खुलेपछि बिहिबार प्रहरीलाई जाहेरी दिएकी थिइन् । उक्त जाहेरी दरखास्त मार्फत प्राप्त सुचना अनुसार दैलख प्रहरीले पक्राउ गरी दैलेख अदालतबाट १० दिन म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
प्रहरीका अनुसार उक्त पुरुषले नाबालिका छोरीलाई बिगत ३ बर्ष देखी पटक–पटक फकाई, डरत्रास देखाई र प्रलोभनमापारी जबरजस्ती करणी गरेको पाइएको जनाएको छ ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५



खुल्ला प्रेस । १० मंसिर २०७८, शुक्रबार १९:०७