अधिवेशन सफल बनाउन वडा कमिटी गठन 

दैलेख ः  दैलेखमा नेपाल कम्युनिस्ट पार्टी एमाले गाउँ गाउँमा पसेको छ । आउँदो कार्तिक १२ गते वडा र १५ गते पालिकामा अधिवेशन गर्ने मिति तय गरेको दैलेख एमाले अधिवेशन सफल पार्नको लागि गाउँ गाउँमा सक्रियता बढाएको हो ।
शुक्रवार मात्रै देशभरिका ६ हजार ७ सय ४३ वडामा एकै पटक वडा अधिवेशनको उद्घाटन गरिएको थियो यो पटकको उद्घाटनको रोचक पक्ष सबै वडाको उद्घाटन अध्यक्ष ओली आफैले एक क्लिकमा गरे । दैलेखमा सङ्गठित सदस्यताको काम नटुङ्गिएको भन्दै ९ गते गर्ने भनिएको पालिका अधिवेशन १२ र १५ गते सारिएको छ । आइतबार भगवतीमाई गाउँपालिकाको वडा नं। ४ मा अधिवेशनलाई लक्षित गर्दै टोल कमिटी गठन गरिएको नेकपा एमालेका भगवतीमाई गाउँपालिका कमिटी सह–इन्चार्ज चन्द्रा रेग्मीले जानकारी दिइन् ।
गाउँपालिकाको ४ नं। वार्डलाई ३ वटा टोलमा विभाजन गरी टोल कमिटी गठन गरिएको छ । एक टोलबाट टोल संयोजक, सचिव २ जना उप सचिव सहित २१ जना टोल सदस्य रहने गरी टोल कमिटी गठन भएको छ । ३ वटा टोलबाट ६३ जना टोल कमिटीमा मनोनीत भएका छन् ।
कार्तिकमा अधिवेशन भएकाले यो समय किसानको वालि भित्र्याउने समय पनि हो । अधिवेशन भनेर दैनिक किसानहरूले समय खर्च गर्न नसक्ने समस्यालाई आत्मसाथ गर्दै आइतबार नै टोल कमिटी गठन गरिएको हो । पदको पछाडि लागेर पार्टी छाडने प्रवृत्ति बढेको भन्दै साँच्चिकै समाज परिवर्तन गर्न चाहने हो भने  कुनै पदको आवश्यकता नपर्ने स्थानीय युवा टोपेन्द्र केसीले बताए ।
भगवतीमाइ मात्र नभई यति बेला दैलेखमा एमाले हरेक पालिकामा परिचालित भएको छ । हरेक ठाउँबाट अधिवेशनलाई सफल बनाउन पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएको दैलेख एमालेले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५