
दैलेख ः जिल्लाको ठाटिकाँध गाउँपालिकामा क्रिकेट प्रतियोगिता हुने भएको छ ।
लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थीक सहयोगमा चौथो जिल्ला स्तरिय टि–ट्यान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
शुभ दिपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म संचालन हुने आयोजकले जनाएको छ । करिब १० दिन चल्ने प्रतियोगितामा खेलाडीहरुले कार्तिक ९ गते सम्म टिम दर्ता गर्न पाउने ब्यवस्था मिलाएको लेकवेसी एकता समाजका अध्यक्ष भक्त बहादुर रोकायाले जानकारी दिए । उनका अनुसार खेलकुदमा विजेता हुनेले ४१ हजार एक सय ११ रुपैयाँ र उप विजेताले ३१ हजार एक सय ११ रुपैयाँ पाउने छन् ।




खुल्ला प्रेस । ४ कार्तिक २०७८, बिहीबार १६:५९