आफ्नो दैनिकी चलाउन पर्चापम्पेलेट बाड्ने राजेन्द्रले जिते अन्तर्राष्ट्रिय अवार्ड

दैलेखः आफ्नो दैनिक खर्च जुटाउन पर्चापम्पेलेट बाड्ने दैलेखका राजेन्द्र अधिकारी अन्तर्राष्ट्रिय अवार्ड ‘योङ्ग प्रोफेसनल अफ द इयर अवार्ड २०२३’ जितेका छन् ।
२०७३सालको बर्सातको समयमा काठमाडौँका गल्ली–गल्लीमा दिनको १५० रुपैयाँको लागि कुनै इन्स्टिच्युटको पर्चा बाँड्दै हिँड्ने भगवतीमाई गाउँपालिका वडा नम्बर ४ जगनाथ दैलेखका युवा राजेन्द्र अधिकारी शैक्षिक फाउन्डेसन द्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय युवा सम्मेलनमा अवार्ड जित्न सफल भएका हुन् । बिकट ठाउँका युवाहरूको नेतृत्व विकास, युवा परिचालन र सहभागिता क्षेत्रमा विशेष योगदान गरेको कुराको कदर गर्दै अधिकारीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
शैक्षिक फाउन्डेसनद्वारा आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलन (वल्र्ड लिडर्स कन्र्फरेन्र्स एन्ड अवार्ड २०२३) मा युवा मोटिभेटर राजेन्द्र अधिकारी नेपालको प्रतिनिधित्व गर्दै योङ्ग प्रोफेसनल अफ द इयर अवार्ड २०२३ जित्न सफल भएका बताए । उनले भने मैले कर्णाली प्रदेशमा विगत ४ वर्ष देखि निरन्तर युवाहरूलाई आफ्नै रुचिमा काम गर्न उत्प्रेरित गर्ने ‘र्डिम विज्ञ प्रोजेक्ट’सञ्चालन गर्दै आएको छु ।
यसै क्रममा आफू विभिन्न स्कुल, कलेज र विश्वविद्यालय साथै विभिन्न युवा सम्बन्धी कार्यक्रम गरी करिब पाँच हजार भन्दा बढी युवाहरूमाझ पुगेको अधिकारीले खुल्ला प्रेसलाई भने ‘दैलेख र दैलेखलाई चिनाउने मेरो प्रयास जारी रहनेछ । आफ्नो छोराछोरीलाई उनीहरूको रुचि के हो एक पटक सोधेर बुझेर,सम्बन्धित क्षेत्रमा काम गर्न दिनुहोला । रुचिमा काम गर्ने व्यक्ति मात्रै सफल बन्नेछ ।
हामी हाम्रो सन्तानलाई रुचि एकातिर र काम अर्का तिर गर्न लगाउँछौ अनि पछि पश्चात्ताप गर्दै आशु बगाउँछौ । हरेक युवाले आफ्नो रुचिमा काम गर्न पाओस् ,यो नै मेरो ‘र्डिम विज्ञ प्रोजेक्ट’ को उद्देश्य हो । म तपाईँहरू सबैका घर आँगनसम्म पुग्न नसकुँला तर पनि सम्झनुस् ,म तपाईँकै छोरा, भाइ, दाइ,ईस्ट्मित्र,आफन्त हुँ आफ्नो रुचिमा सङ्घर्ष गरिरहेका सम्पूर्ण युवालाई समर्पित गर्न चाहन्छु ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५