नारायणका बालबालिकालाई चैत्र २४ मै टाइफाइडको खोप लगाइने

दैलेख: नारायण नगरपालिकाका बालबालिकाहरूलाई यही चैत्र २४ गते टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

नारायण नगरपालिकाका १० हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । यही चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत नारायणका नगरपालिकाका   करिब १० हजार ४ सय जना बालबालिकालाई खोप लगाउन थालिएको नारायण नगरपालिका दैलेखका स्वास्थ्य शाखा सहसंयोजक लाल बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार चैत २४ गतेदेखि सुरु गरिने खोप अभियान अन्तर्गत विद्यालयमा अध्ययनरत ७ हजार ६ सय १० र विद्यालय बाहिरका २ हजार ८ सय बालबालिकालाई खोप दिइने छ । चैत्र २८ गते पछि विद्यालयमा विभिन्न तहका परीक्षा सञ्चालन हुने भएकाले खोप अभियानलाई २४ र २५ गते लगाउने गरी मिति तय गरिएको छ ।

विद्यार्थीहरूको चाप अनुसार विभिन्न विद्यालयमा नै गएर खोप लगाइने छ, नगरपालिका भित्र ४० वटा समूहमा ४३ जना स्वास्थ्यकर्मीहरू परिचालन गरिने जानकारी स्वास्थ्य शाखाले दिएको छ, भने ९२ जना स्वयम सेवकहरु समेत परिचालन गर्ने तयारी भएको छ । विद्यालय बाहिर लक्षित समूह १५ महिना देखि १५ वर्षका बालबालिकालाई विद्यालयमा ल्याएर खोप लगाइने छ । तोकिएको मितिमा नै आफ्ना बालबालिकालाई खोप लगाउने बातावरण तयार गर्न सबै अभिभावकहरूलाई स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

सरकारले पहिलो चरणमा चैत्र २५ देखि देशभरका १५ महिना देखि १५ वर्ष मुनिका बालबालिकालाई खोप दिन लागेको छ । नारायण नगरपालिकामा भने यो अभियान एक दिन अगाडीबाटै सुरु गरिने भएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५