दुल्लुमा तीज नृत्य प्रतियोगिता सम्पन्न

दैलेख: दैलेखको दुल्लुमा खुला तीज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
बास नेपाल दैलेख शाखा र उपशाखा दुल्लुको आयोजनामा सनिबार खुला तीज नृत्य प्रतियोगिता–२०८० सम्पन्न भएको हो ।
बास नेपाल जिल्ला शाखा दैलेखका अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको तीज नृत्य प्रतियोगितामा जिल्ला भित्रका एकल र संयुक्त टिम गरी २० वटा टिमको सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै नगर उपप्रमुख बिना कार्कीले बासले गरेको कार्यक्रम उत्कृष्ट भएको र यस्ता कार्यक्रम गर्दै जानुपर्ने धारण राखिन् । उनले सम्पूर्ण हिन्दु नारीहरूको महान् चार्ड तीज भएकाले भन्दै सम्पूर्णमा शुभकामना व्यक्त गरिन् ।


बास नेपालका कर्णाली प्रदेश सचिव नारायण रिजालले बासले पछिल्लो समयमा देशका हरेक स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै भ्रष्टाचार अन्त्यका लागि युवाहरू एकजुट भएर काम गरिरहेका बताए ।
बिजया माध्यमिक विद्यालय दुल्लुको प्राङ्गणमा भएको कार्यक्रममा जानकी शाही प्रथम, विजया माध्यमिक विद्यालयको टिम द्धितिय र केशु शाहीले तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनलाई  नियमअनुसार करकट्टी गरी रु.८ हजार ५ यस रुपैयाँ नगद र प्रमाणपत्र, द्धितिय हुनेलाई रु.५ हजार ९ सय ५० रुपैयाँ नगद र प्रमाणपत्र तथा तृतीय हुनेलाई रू. ४ हजार २ सय ५० रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रमको समापनमा बोल्दै बास दैलेखका अध्यक्ष हिक्मत बुढाले बास मार्फत दैलेख जिल्लाभर विभिन्न जनचेतनामूलक अन्य सामाजिक कार्यक्रम गर्दै आउने सिलसिलामा महिलाहरूको महान् अवसरमा भ्रष्टाचार विरुद्धको तिज नृत्य प्रतियोगिता दुल्लुमा गरेको बताए ।


वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. शाखा कार्यालय दुल्लु–७ दैलेख, नेशनल लघुवित्त वित्तीय  संस्था लि. शाखा कार्यालय दुल्लु, नारायण नगरपालिका दैलेख, गुराँस अफसेटप्रेस एण्ड कपि उद्योग दुल्लु, प्राप्ति साइबर एण्ड टे«र्निङ सेन्टर दुल्लु मुख्य प्रायोजक थिए ।
हाम्रो जनरल स्टोर किसान माइक्रोफाइनान्स लगायत १० भन्दा बढी पसल तथा सप्लार्यसहरु सह–प्रायोजकको रूपमा थिए । प्रतियोगितालाई सफल बनाउन असल शासन मिडिया प्रा.लि. भिजन न्युज नेपाल खुल्ला प्रेस राइजिङ कर्णाली खबर लगायतका सञ्चार माध्यामहरु मिडिया पाटनर भई सहयोग गरेका थिए । सहयोग तथा समन्वय गर्ने सबैलाई कदर तथा सम्मान पत्र प्रदान गरिएको बास नेपाल दुल्लु उपशाखाले जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५