दैलेख पर्यटन महोत्सव सुरु, पहिलो दिन जोती मगरको प्रस्तुतिमा रमाए दर्शक 

दैलेख: ‘जिल्लाको पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मूल नाराका साथ दैलेखमा महोत्सव सुरु भएको छ । महोत्सव चैत्र २५ देखि वैशाख ३ गते सम्म सञ्चालन हुन छ ।

मुख्य आयोजक स्वच्छ सहर निर्माण केन्द्र दैलेख, मुख्य प्रायोजक रोहित ग्रुप अफ कम्पनी प्रायोजक च्यालेन्ज प्रकाशन प्रणाली दैलेख, अन्नपूर्ण इन्टरप्राइजेज नयाँ बजार दैलेख रहेका छन् ।

दैलेखलाई कृषि पर्यटन र व्यापार क्षेत्रमा अगाडि बढाउन र दैलेखको पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गरी पर्यटन क्षेत्रमा दैलेखलाई चिनाउनको लागि महोत्सव गर्न लागिएको संयोजक हरि थापाले जानकारी दिए । उनका अनुसार ‘पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा प्रचार प्रसार गर्न महोत्सव सुरु गरिएको हो ।

वैशाख ३ गते सम्म सञ्चालन हुने महोत्सवको शनिवार उद्घाटन गरिएको छ । शुक्रवार उद्घाटन गर्ने भने पनि तयारी नपुगेको कारण शनिवार उद्घाटन गरिएको हो ।

महोत्सवको उद्घाटन सत्र मा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जिल्लाको पर्यटन व्यवसायको उजागर गर्दै दैलेखलाई चिनाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले भने जिल्लामा भएका प्रयटकिय क्षत्रको प्रचार प्रसार गर्दै दैलेखलाई चिनाउनु पर्ने हो जसको लागि बेलाबेलामा दैलेखमा महोत्सव लगाउनुपर्ने भए पनि त्यो हुन सकेको छैन । पर्यटन प्रवर्द्धनमा यो महोत्सव केही मात्रामा सहयोग पुर्‍याउने छ ।

महोत्सवको पहिलो दिन स्थानीय तथा ख्याति प्राप्त कलाकार जोती मगरले आफ्नो प्रस्तुति देखाएकी छन् शनिवार जोती मगर तथा स्थानीय कलाकार सँग दर्शक रमाए । आइतबार नायक आर्यन सिग्देल तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५