दैलेखः जिल्ला प्रहरी कार्यालय दैलेखले बैकिङ कसुरमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोट गढी नगरपालिका वडा नं.०३ घर भई हाल मकवानपुर जिल्ला हेटौंडा उप-महानगरपालिका वडा नं.०२ बस्ने बर्ष ३२ की रिता पुडासैनिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार उनलाई आफ्नै घरमा लुकिछिपी बसेको छ भन्ने सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर संग समन्वय गरी पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए । थप अनुसन्धानको लागि दैलेख जिल्ला अदालटबाट सात (७) दिनको म्याद थप अनुमती भई अनुसन्धान भइरहेको लम्सालले जानकारी दिए ।




खुल्ला प्रेस । १४ श्रावण २०८०, आईतवार २१:१८