सल्यानमा करेन्ट लागेर एकजनाको मृत्यु

सल्यान : सल्यानमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका-१० पैयाँखर्कका ५० वर्षीय झुपबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

आफ्नै घरमा सोमबार दिउँसो विद्युतबाट चल्ने सानो मिलमा मसला पिस्ने क्रममा एक्कासी विद्युत सर्ट हुन गई करेन्ट लाग्दा बुढाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५