विश्वकप छनोटमा नेपालले भुटानलाई हरायो

काठमाडौं: आईसीसी महिला विश्वकप २०२३ को एसियाली छनोटमा नेपालले पहिलो जित निकालेको छ। दुबईस्थित आईसीसीको क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले भुटानलाई विकेटले ८ हराएको हो।

मंगलबार टस हारेर फिल्डिङ गरेको नेपालले ६२ रनको लक्ष्य पाएको हो। त्यसक्रममा भुटानले २० ओभर खेल्दै छ विकेटको क्षतिमा ६१ रन बनाएको थियो। जवाफमा नेपालले ८.३ ओभर मा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नेपालको जितका लागि ओपनर सिता राना मगरले १७ र कप्तान रुविता क्षेत्रीले १० रन जोडिन्। त्यस्तै इन्दू वर्माले अविजित १८ रन बनाउँदा कविता जोशीले पनि १० रन जोडिन्।

खेलमा सिताले दुई बाउन्ड्री प्रहार गरिन् भने कविता जोशीले पनि दुई बाउन्ड्री हिर्काइन्। भुटानकी तासी छेकीले एक विकेट लिइन् भने कप्तान क्षेत्री रनआउट भइन्।

नेपालका लागि सिता राना मगरले तीन विकेट गिराइन् भने करुणा भण्डारीले एक विकेट लिइन्। त्यसक्रममा भुटानकी सोनम पाल्दोनले ११ र न्गवाङ छोदेनले १३ रन बनाए। यसबाहेक अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। आज नै सम्पन्न अर्को खेलमा यूएईले हङकङलाई ११ रनले हराएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५