सुर्खेत: नेकपा (एमाले) कर्णाली सरकारबाट बाहिरिएको छ। एमालेका तीन जना मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटनमन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिए ।
मुख्यमन्त्री शर्माले प्रदेश सभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको मत दिएको थियो। तत्काल सरकारबाट नबाहिरिने बताएको थियो। तर, आइतबार एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् ।
अब फेरि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ भने कांग्रेस सरकारमा सहभागी हुने बाटो खुलेको छ। कांग्रेस र माओवादी मिल्दा सुविधानजनक बहुमत हुने भएकाले एमाले सरकारबाट बाहिरिँदैमा मुख्यमन्त्री शर्मालाई कुनै अप्ठ्यारो नपर्ने देखिन्छ।




खुल्ला प्रेस । २६ चैत्र २०७९, आईतवार २१:१८