मतदान गर्न वञ्चित गरिएको भन्दै अदालतमा रिट

सुर्खेत: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै विद्यार्थीहरुले रिट दायर गरेका छन् । विद्यार्थीहरुले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर  गरेका हुन् । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ (मोसुम)मा अध्ययनरत तीन जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् । रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् ।

मतदान गर्ने अधिकारबाट वञ्चित गर्न लागेकाले अदालतमा रिट दायर गरेको स्कुल अफ म्यानेजमेन्ट(मुसोम) मा अध्ययनरत भुवन बुढाले जानकारी दिए । ‘हामी पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका विद्यार्थी हौ त्यसैले् हामीलाई पनि भोट हाल्न पाउनुपर्छ’ अदालतमा रिट दायर गरेका बुढाले भने, ‘हामीलाई भोट हाल्ने अधिकारबाट वञ्चित गराइनु हुँदैन ।’

आज दिउँसो उनीहरूले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालय लगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।

मोसुममा करिब चार सय विद्यार्थीहरू अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरूको आरोप छ । उनीहरूले अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका छन् ।

यता उच्च अदालत सुर्खेतका  सूचना अधिकारी सरोजनिधि वाग्लेले रिट दायर भएको बताए । दायर भएको रिट भोलि एकल इजलासमा पेस हुने वाग्लेले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५