दैलेख ः नेकपा माओवादी (केन्द्र) दैलेखले ११ वटा स्थानीय तहहरुमा पालिका अधिवेशन सम्पन्न गरेको छ । पालिका अधिवेशन संगै पालिकामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसअनुसार भगवतिमाई गाउँपालिकाको अध्यक्षमा नरेन्द्र सिंह, नौमुले गाउँपालिकामा अध्यक्षमा छवि सुवेदी, महावु गाउँपालिका अध्यक्षमा नवराज शाही, नारायण नगरपालिका अध्यक्षमा ताराकेशर धमला, डुङ्गेश्वर गाउँपालिका अध्यक्षमा श्याम राना, गुराँस गाउँपालिकाको अध्यक्षमा वीरवहादुर शाही, भैरवि गाउँपालिकाको अध्यक्षमा गोपाल रिजाल, दुल्लु नगरपालिकाको अध्यक्षमा टेक बहादुर खड्का, चामुण्डाविन्दासैनि, नगरपालिका अध्यक्षमा रणबहादुर खड़का, ठाटिकाँध गाउँपालिकाको अध्यक्षमा उमेश कुमार रावत, आठ्विस नगरपालिकाको अध्यक्षमा वसन्त बहादुर बस्नेतलाई चयन गरिएको माओबादी केन्द्र दैलेखले जनाएको छ । पालिका अध्यक्ष सबै सर्ब सहमतिमा नै चयन भएका छन् ।




खुल्ला प्रेस । १६ मंसिर २०७८, बिहीबार १२:०१