कांग्रेसको माहाधिवेशन : जिल्लाका ४ प्रदेश सभा मध्ये २ क्षेत्रमा पौडेल र २ क्षेत्रमा देउवा पक्षका उम्मेद्वारहरु बिजयी

दैलेख । दैलेखमा नेपाली कांग्रेसको प्रदेश सभापतीमा पौडेल र देउवा पक्ष बराबर भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखका चारवटै प्रदेश सभामा भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

जसअनुसार जिल्लाका ४ प्रदेश सभा मध्ये २ क्षेत्रमा पौडेल र २ क्षेत्रमा देउवा पक्षका उम्मेद्वारहरु बिजयी भएका छन । तिन क्षेत्रको शनिबार विहान नै परिणाम आएको र आन्तरीक विवादका कारण मतगण्ना हुन ढिलाई हुदा परिणाम आउन बाकी रहेको दैलेख क्षेत्र नम्बर २ (ख) को पनि शनीबार राती परिणाम आएसंगै जिल्लाका ४ वटै क्षेत्रको प्रदेश अधिबेशन सकिएको छ ।

सार्वजनीक परिणाम अनुसार दैलेख निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा सस्थापन अर्थात (देउवा पक्षका) उम्मेद्वार खगेन्द्र बहादुर शाही सभापतिमा २०७ मत प्राप्त गर्दै बिजयी भएका छन ।

उनका प्रतिद्वन्द्वी लब शाहीले १९९ मत प्राप्त गरेका थिए । यस्तै दैलेखको निर्वाचन क्षेत्र नं. २ (क) बाट टंक रिमाल प्रदेश सभापतिमा निर्वाचित भएका छन । उनीसहित विजयी प्यानल देउवा पक्षका हुन् । रिमालले २०८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी धर्मनाथ योगीले ९९ मत प्राप्त गरेका थिए । निर्वाचन क्षेत्र नं. १ को प्रदेश (क) मा बखत सापकोटाले १९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी निराजन खत्रीले १७० मत प्राप्त गरेका छन् ।

त्यस्तै, निर्वाचन क्षेत्र नं १ को (ख) अन्तर्गत पौडेल पक्षका भदे बुढामगर ३१७ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी देउवा पक्षका रामकृष्ण गुरुङले ११८ मत प्राप्त गरेका छन् । बुढामगरको प्यानलै विजयी भएको नेपाली कांग्रेस दैलेखका सभापति कृष्णकुमार वि.सीले जानकारी दिए । अध्यक्ष बुढामगर नौमुले गाउँपालिकाका अध्यक्ष हुन ।

जिल्लाका दुई निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ का दुवै क्षेत्रमा पौडेल पक्षका उम्मेद्वार बिजयी भएका छन भने क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा क्षेत्रमा सस्थापन (देउवा) पक्षका उम्मेद्वारहरु बिजयी भएका छन । यो परिणमलाई हेर्दा जिल्लाको क्षेत्र नम्बर १ मा पौडेल पक्ष बलीयो देखीएको छ भने क्षेत्र नम्बर दुईमा देउवा पक्ष बलियो देखीएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५