
दैलेख ः जिल्लाको ठाटिकाँध गाउँपालिकाको बिजारेमा क्रिकेट प्रतियोगिता उद्घाटन भएको छ ।
लेकवेसी एकता समाज ठाटिकाँधको आयोजना र ठाटिकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आर्थिक सहयोगमा चौथो जिल्ला स्तरीय टि–ट्यान्टी क्रिकेट प्रतियोगिता बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
शुभ दीपावलीको अवसरमा आयोजित खेल कार्तिक १० गते देखि २० गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार बुधवार खेलको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य,दैलेख जिल्ला सह–इन्चार्ज एवम् दैलेख क्षेत्र न। २ प्रतिनिधि सभा सांसद मा. राज बहादुर बुढा विशेष अतिथि जिल्ला समन्वय उप प्रमुख लक्ष्मी शाह ,अतिथिमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तर्क बडूवाल,गाउँपालिका अध्यक्ष धीर बहादुर शाही,अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य,दैलेख जिल्ला इन्चार्ज एवम् कर्णाली प्रदेश सभा सभामुखका प्रमुख स्वकीय सचिव अमर शाही लगायतले उद्घाटन गरेका छन् ।




खुल्ला प्रेस । १० कार्तिक २०७८, बुधबार १६:४८