दैलेखमा निसास्सिएर आमाछोराको मृत्यु

दैलेख : दैलेखमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका–१ ठाटीकाँध बजारमा बसोबास गर्दै आएका ४० बर्षीया हरिकला बादी र १८ बर्षीय रमेश बादीको मृत्यु भएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए ।

बिहीवार राती सुतिरहेको समयमा कपडाबाट आगो सल्किएर निसास्सिएर दुवै जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । आगोले हरिकलाको शरिरको पछाडीको भाग र रमेशको हात जलेको अवस्थामा शुक्रवार शव घर भित्रै भेटिएको गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।

मुण्डा घर (माटोले छाएको घर) भएको र झ्याल ढोका बन्द गरेका कारण आगलागीपछि उनिहरु घरभित्र बाहिर निस्कन नसकेको हुनसक्ने स्थानीयले बताएका छन् । उक्त घरमा हरिकला र उनका छोरा रमेशमात्रै बस्दै आएको बताईएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनार सहितको प्रहरी टोली घटनास्थलतर्फ गईरहेको छ । प्रहरी निरीक्षक सुनारले घरभित्र आगलागी भई निसास्सिएर दुई जनाको निधन भएको घटनाबारे थप अनुसन्धानका लागि घटनास्थलतर्फ गईरहेको बताए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५