दैलेख: जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ७ खोरमा नमुना विद्यालयको लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नमुना विकास कार्यक्रमको ५ वर्षीय मोडेल स्कुल गुरुयोजना कार्यक्रम अन्तर्गत आज भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिकाको खोरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
पाँच वर्षीय गुरुयोजना निर्माण समितिले निर्माण गरेको योजनामा विद्यालयलाई कसरी मोडेल बनाउन सकिन्छ । भन्ने विषयमा सरोकारवाल सँग अन्तरक्रिया कार्यक्रम गरिएको नमुना विद्यालय गुरुयोजना निर्माण समितिका संयोजक पूर्ण बहादुर भण्डारीले जानकारी दिएका छन् ।
भैरव माध्यमिक विद्यालयलाई कसरी प्रदेशकै नमुना रूपमा विकास गर्ने सकिन्छ भन्ने विषयमा भाद्र १ गते बनेको ५ सदस्यीय समितिले विभिन्न नमुना विद्यालयहरूको अवलोकन गर्दै शिक्षाविद् सँगको सहकार्यमा राय सल्लाह सुझाव लिई आफ्नो प्रतिवेदन तयार गरेको हुनले विद्यालयलाई नमुना विकासको लागि शनिबार अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमा गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, उपाध्यक्ष चन्द्रा रेग्मी, शिक्षा संयोजक मान बहादुर विश्वकर्मा गाउँपालिकाका अन्य प्रतिनिधि, वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शनिवार प्रस्तुत गरिएको प्रतिवेदनमा विद्यालयका ऐतिहासिक पृष्ठभुमी, विद्यालयको वर्तमान अवस्था, समस्या र चुनौतीहरू भावी रणनीति कार्यक्रमहरू ५ वर्षीय कार्यक्रमको बजेट प्रक्षेपण, पहिलो वर्षको कार्यक्रम प्रक्षेपण, कार्यक्रम कार्यान्वयन योजना, विद्यालयमा सुधार गर्नुपर्ने कुराको जानकारी, ५ वर्ष पछि कर्णाली प्रदेशकै एक नमुना विद्यालयको रूपमा विकास गर्ने लक्ष सहितको अन्तरक्रिया गरिएको छ ।




खुल्ला प्रेस । २९ माघ २०७८, शनिबार २२:१२