नारायणका चार विद्यालयमा इको क्लब गठन

कृष्णकमल अधिकारी

दैलेख: जिल्लाको नारायण नगरपालिकाका चार वटा विद्यालयमा इको क्लब गठन गरिएको छ । पञ्चकोशी ज्वाला प्रतिष्ठान दैलेखको आयोजनामा सेभद चिल्डे्न, एभरेस्ट क्लब दैलेख र वल्ड वाइड कोषको सहयोगमा इको क्लब गठन गरिएको हो ।

वातावरण मैत्री नगर बनाउन हरेक विद्यालयमा इको क्लब गठन गर्ने कार्यक्रम अनुसार चार वटा विद्यालयमा  १५ सदस्य इको क्लब गठन गरिएको पञ्चकोशी ज्वाला प्रतिष्ठान दैलेखका अध्यक्ष लोकेश गिरिले खुल्ला प्रेसलाई जानकारी दिए ।

उनले भने– सिफ्ट क्याम्पियनले नारायण नगरपालिकाको चार वटा विद्यालय महेन्द्र माध्यमिक विद्यालय सोेत, वसन्त माध्यमिक विद्यालय किमुगाँउ, त्रिभुवन माध्यमिक विद्यालय दैलेख बजार र सरस्वती माध्यमिक विद्यालय तर्ताङमा हरित विद्यालय बनाउने कार्यक्रम अनुसार क्लब गठन कार्यक्रम बिहीबार सकिएको छ । यी सबै विद्यालयमा हरेक विद्यालय हरित विद्यालय बनाउन विद्यालय व्यवस्थापन समिति सहितको सहभागितामा ९ सदस्य हरित विद्यालय कार्यक्रम कार्यान्वयन समिति समेत बनाइएको छ ।  नारायणलाई वातावरण मैत्री बनाउनको लागि सबै भन्दा पहिले हरित विद्यालय बनाउन लागेको अध्यक्ष गिरिले बताए ।

इको क्लब गठन गरिएका विद्यालयमा विभिन्न उद्देश्यहरू राखिएको छ । हरित विद्यालयमा फलफूलहरू लगाउने, प्लाष्टीक रहित क्रियाकलाप गर्ने, हप्ता हप्तामा विद्यालय सरसफाइ गर्ने, विद्यालयमा जङ्गफुड निषेध गर्ने, सिकाई आदानप्रदान गर्ने, बोटबिरुवा सङ्कलन र तिनीहरूको संरक्षण गर्ने इको कार्यक्रम रहने  त्रिभुवन इको क्लबका अध्यक्ष सदिक्षा आचार्यले बताइन् ।

बाँसको विभिन्न सामाग्रीहरू बनाउने र प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न डोको अभियान नामकरण गरी पञ्चकोशि ज्वाला युवा प्रतिष्ठानले सञ्चालन गरिरहेको अध्यक्ष लोकेश गिरीले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५