बालविवाह गर्ने एक जोडी पक्राउ

दैलेख : दैलेखमा बाल विवाह गर्ने दुई जना पक्राउ परेका छन् । बाल विवाह सम्बन्धी कसुरमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक (डीएसपी) भवनेश्वर प्रसाद शाहले बताए ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का भक्तिराम कडेलले र १५ बर्षीया बालिका पक्राउ परेको डीएसपी शाहले बताए । कडेलले ती बालिकालाई मंसिर ३ गते ललाई फकाई प्रलोभनमा पारी बाल विवाह गरी घरमा ल्याई राखेको अवस्थामा पक्राउ गरिएको डीएसपी शाहले जानकारी  दिए ।

डीएसपी शाहका अनुसार पक्राउ परेका दुवै जनालाई दैलेख जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमती गरी थप अनुसन्धान थालिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५