ध्रुबतारा सञ्चार सहकारीको अध्यक्षमा नन्दकिशोर बस्नेत

दैलेख : ध्रुबतारा सञ्चार सहकारी संस्था लिमीटेड दैलेखको १२ औं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनीबार दैलेखमा सम्पन्न अधिवेशनले ध्रुबतारा सञ्चार सहकारीद्धारा सन्चालित ध्रुबतारा सामुदायिक एफ.एम. लाई अँझै प्रभावकारी रुपमा सञ्चालनका लागि बिभिन्न नीति पारित गरेको छ ।
साधारण सभा तथा अधिबेशनबाट सस्थाको अध्यक्षमा सर्वसहमत रुपमा नन्दकिशोर बस्नेत लाई चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा नरेन्द्र थापा, उपाध्यक्षमा हिमालयजंग शाह, महिला उपाध्यक्ष रमा थापामगर, सचिव खगेन्द्र श्रेष्ठ, कोषाध्यक्ष शान्तिप्रसाद शर्मा, सह सचिव हेमा खड्का, सदस्यहरुमा रामु बि.क., टोपबहादुर अधिकारी, जगतबहादुर थापा र बिष्णु शर्मा चयन हुनुभएको छ ।
अधिवेशनले संस्थापक अध्यक्ष डम्बर खड्कालाई बरिष्ठ सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरुमा टेक बहादुर खाण, रुद्र थापा, अंगत शाही, सुमननारायण कौशललाई चयन गरेको हो । संस्थाको लेखा समिति संयोजकमा राधा मल्ल शाही र सदस्यमा उदयराज अधिकारीलाई चयन गरेको छ ।
साधारण सभाले रेडियो ध्रुबतारा सामुदायिक एफ.एमलाई थप प्रभावकारी बनाउने बारेमा नयाँ रणनीति पास गरेको बताइएको छ । एफ.एम. स्थापना कालदेखि सहयोग गर्ने सम्पूर्ण लगानीकर्ता, एफ.एम. सुरुवातीदेखि काममा खटिएका कर्मचारी शुभचिन्तक, सबैलाई संस्थापक अध्यक्ष डम्बर खड्काले धन्यबाद ज्ञापन गरेका थिए ।
नव निर्वाचित अध्यक्ष नन्दकिशोर बस्नेतले रेडियो ध्रुबतारा एफ.एम.लाई आम दैलेखि जनताको रेडियोको रुपमा स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रेडियो जस्तो पवित्र संस्थामा कसैलाई आग्रह, पुर्वाग्रह नगरी निश्वार्थ रुपमा जनतालाई सूचना र मनोरञ्जन दिने र समाजमा भएका बिकृति र बिसंगतीलाई सूचनाका माध्यामबाट जनतालाई सचेत गराउने काम रेडियोको भएकोले अबको ध्यान त्यसतर्फ जानुपर्ने अध्यक्ष बस्नेतको धारण छ ।
आम नागरिकलाई सूचनाको हक प्रदान गर्ने समाजमा रहेका कुरिती र कु संस्कारलाई निरुत्साहित गर्ने, जनताका सवालहरुलाई अँझै प्रभावकारी रुपमा रेडियोको माध्यमबाट उठान गर्ने, जनतालाई सूचना शिक्षा र मनोरञ्जन प्रदान गर्ने कार्य सुरु गरिएको स्टेशन म्यानेजर बिष्णु शर्माले जानकारी दिए ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५