दैलेख: नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले लेश अफ्ठारो परिस्तितिमा गएको बताएका छन् ।
देशमा अहिले भईरहेका संसदीय निर्वाचनहरु राष्ट्र र जनताका विरुद्धमा अपराध गर्न रिन्यू गर्ने साधन मात्रै बनेको बताउदै देश अफ्ठारो परिस्थितीमा पुगेको बताएका हुन् । बिहीवार दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता प्रकाण्डले चुनावबाट देश परिवर्तन सम्भव नभएको दाबी गरे । ‘संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनको कुनै अर्थ छैन्,’ उनले भने ‘संसदीय चुनाव भनेको निश्चित पाँच बर्षको निम्ती एउटा गिरोह आएर राज्य लुट्ने, त्यो बदनाम भएर जाने, फेरी पाँच बर्षका लागि अर्को गिरोह ल्याउने र देश लुट्ने, राष्ट्रघात गर्ने फेरी त्यो पनि जाने र अर्को गिरोह ल्याउने पक्रिया मात्रै भएकोले अब जनमतसंग्रहमा जानुको विकल्प नभएको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका प्रकाण्डले अहिलेको व्यवस्था बदलेर जनताको अवस्था बदल्नु अहिलेको राष्ट्रिय समस्याको समाधान हो, उनले भने ‘त्यसका लागि जनमत संग्रह हुनुपर्ने हाम्रो माग छ ।’
उनले राज्य सञ्चालन गर्ने व्यक्तिहरुले राज्य सञ्चालन, अहिलेको व्यवस्थामा आएको समस्या र जनताका सरोकारका बारेमा कुनै पनि ठोस निर्णय लिन नसकेको आरोप लगाए । ‘अहिलेको व्यवस्था जनताको चाहाना र आवश्यकता होइन, विभिन्न चरणमा भएका आन्दोलनको एजेण्डा र उदेश्य पनि अहिलेको व्यवस्था होइन्,’ उनले भने । जनता आफ्नो मुत्तीको निम्ती लडेपनि मुक्ती नपाएको उनको भनाई छ । जनताको समस्या ज्यूँका त्यूँ रहेको प्रवक्ता प्रकाण्डले बताए । प्रवक्ता प्रकाण्डले देशलाई टुक्राउने सड्यन्त्र भईरहेको समेत दाबी गरे ।
अर्को प्रसंगमा प्रवक्ता प्रकाण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालको हितमा नभएको बताए । उनले एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने उल्लेख गरे । उनले माथिल्लो कर्णाली जलविद्युत आयोजना खारेज गर्न समेत माग गरे ।
उनले पुष्पकमल दाहाल (प्रचण्ड) ले गम्भिर त्रुटि गरेका कारण आफुहरुले प्रचण्डको साथ छोडेको बताए । पत्रकारहरुले सोधेको प्रश्नमा उनले नेकपा माओवादी केन्द्रसँग एकता सम्भव नभएको समेत उल्लेख गरे । अर्को प्रसंगमा प्रवक्ता प्रकाण्डले कृषि प्रधान देश भएपनि किसानले समयमै मल नपाउने देशलाई संघीय लोकतान्त्रीक गणतन्त्र भनिँदै आएको बताए । अहिले कृषियोग्य जमिन प्लटिङ भईरहेको र भू-माफियाहरुको व्यापारको स्रोत र साधन बनेको उनको भनाई छ ।
उनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र आफुहरुसँग भएको सहमती अक्षरस कार्यान्वयन नभएको बताए । उनले सहमति अनुसार बन्दी बनेका आफ्ना नेता कार्यकर्ता छोड्न ढिलाई नगर्न सरकारसँग आग्रह सम्मेत गरे ।




खुल्ला प्रेस । २२ पुष २०७८, बिहीबार १८:५५