देशको समग्र विकासमा सधैँ तल्लिन रहन्छु : केन्द्रीय सदस्य राना

दैलेख : नेपाली काँग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य सीताकुमारी रानाले देशको समग्र विकासमा सधैँ तल्लिन रहने बताएकी छिन् । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रमपछि केन्द्रीय सदस्य रानाले यस्तो बताएकी हुन् ।

केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेसँगै रानाले ज्वाला सन्देश अनलाइनसँग कुरा गर्दै भनिन् ‘आजबाट नयाँ जिम्मेवारी प्राप्त भएको छ, नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा रहेर आम नेपाली जनता, पार्टी र देशको समग्र बिकासमा सधैँ तल्लिन रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अमुल्य मतदान गरी आदिवासी जनजाति महिलातर्फ केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्वाचित गराउनुहुने महाधिवेशन प्रतिनिधि, सहयोगी तथा शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन समेत गरेकी छिन् ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा २०७८ मंसिर २७ गते भएको निर्वाचनमा राना नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति सदस्य (आदीबासी जनजाती महिला) पदमा निर्वाचित भएकी थिइन् । आदीबासी जनजाती महिला केन्द्रीय सदस्यतर्फ ७ पदका लागि ३३ जना चुनावी प्रतिश्पर्धामा थिए ।

रानाले एक हजार ८ सय ३५ मतसहित जीत हात पारेकी हुन् । उनको जीतसँगै नेपाली काँग्रेस दैलेखले पहिलो पटक केन्द्रीय सदस्य प्राप्त गरेको छ । उनि इतिहास मै पहिलो पटक दैलेखको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।

२०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी राना सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशिल छिन् । उनि दैलेखको अग्रणी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको पूर्व अध्यक्ष हुन् । हाल उनि उक्त संस्थाको सल्लाहकार समिति संयोजक हुन् ।

यसबाहेक उनि सुरक्षित मातृत्व संजालको केन्द्रिय सदस्य हुन् । राना नेपाल परिवार नियोजन संघको केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेकी रानाले समाजमा रहेका कुरिति कुसंस्कार, विकृति र विसंगति एवं बालिका तथा महिलामाथि भएका हिंसा, बलात्कार जस्ता घटनाविरुद्धका आन्दोलनहरुमा समेत अगुवाई गर्दै आएकी छिन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५