उपसचिव हुँ भन्‍दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । प्रहरीले ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्‍दै विभिन्न व्यक्तिसँग गरी ७ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा दैलेख घर भई हाल ललितपुर– २५ बस्‍ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छन् । उनलाई प्रहरीले त्रिपुरेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसपी अंगुर जिसीले जानकारी दिए ।

जिसीका अनुसार उनले विभिन्न व्‍यक्तिलाई फरक(फरक परिचय दिँदै आफू कानुन मन्त्रालयको उपसचिव भएको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विभिन्न शीर्षकमा ठेक्का मिलाइदिएबापत ७ लाख ६० हजार ८ सय रुपैयाँ ठगी गरेको हो । पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ललितपुर पठाइएको जिसीले बताए।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५