कर्णालीको नेतृत्व अव जीवनबहादुर शाहीको काँधमा

सुर्खेत : नेकपा माओवादीबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले राजिनामाको घोषणासँगै कर्णालीको नेतृत्व अब नेपाली काँग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्नेछन् । तत्कालिन नेकपा एकीकृत पूर्व एमाले र माओवादीबाट बाम गठबन्धहुँदा पनि निर्वाचनमा कर्णालीमा नेपाली काँग्रेसबाट ४५१९ मत ल्याएर एक्ला प्रत्यक्ष निर्वाचित सांसद हुन् । अब उनकै नेतृत्वमा कर्णाली सरकार गठन हुनेछ । ६ जना सांसद रहेकाे नेपाली काँग्रेससँग केन्द्रीय गठवन्धनअनुसार नेकपा माओवादी र समाजवादी सरकारमा सहभागी हुनेछ ।

मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएका छन् । सत्ता साझेदार कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार माओवादी केन्द्रका शाही गएर कांग्रेसका शाही आउने भएका छन् । गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा विशेष सहमतिका आधारमा कांग्रेस र नेकपा एमाले माधवकुमार नेपालपक्षका चार जना सांसदले पार्टीको ह्वीप उलंघन गर्दै शाहीलाई विश्वासको मत दिएका थिए।

त्यतिबेला मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको कांग्रेसले तत्काल सरकारमा जान मानेन् । वैशाखमै माओवादीले कांग्रेससँग ११ बुँदे सहमति गरेपछि कांग्रेसले दुई सांसद यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास र दिनबन्दु श्रेष्ठलाई जलस्रोत तथा उर्जा तथा मन्त्रीको लागि सिफारिस गरेको थियो । कांग्रेसलाई ६ महिनापछि शाहीले मुख्यमन्त्रीको कुर्सी छोड्ने र कांग्रेसका संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको थियो ।

उनले माओवादी केन्द्रका विजयी भण्डारीलाई पराजित गरेका थिए । हुम्लाको खार्पुनाथ गाउँपालिका ५ खर्पेलगाउँमा २०२१ सालमा जन्मिएका सांसद शाहीले राजनीतिकशास्त्रमा एमएसम्म अध्ययन गरेका छन् । एक दर्जन बढी विदेश भम्रण गरेका शाही २०४६ सालमा १५ दिन भूमिगत तथा २०६२-०६३ सालमा तीन महिना जेल बसेका थिए । नेपाली रैबारले समाचार छापेकाे छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५