साना दलहरुले आफ्नो चुनाव चिह्न पाउने

काठमाडौं : साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो ।

स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।

यसअनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले मात्र दलीय चुनाव चिह्न पाउने अवस्था छ । अरु ७३ दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न लिनुपर्ने हुन्छ ।

तर साना दलहरुले आफ्नै चुनाव चिह्न पाउनुपर्ने माग गरेपछि आयोगले केही शर्त अघि सारेको छ ।

आयोगको बुधबार बसेको बैठकको निर्णय अनुसार अब राष्ट्रिय मान्यता नपाएका दलहरुले कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना छ भन्ने विवरण केन्द्रीय पदाधिकारीबाट प्रमाणित गरी ६ चैतभित्र आयोगलाई बुझाउनुपर्छ ।

जिल्ला निर्वाचन कार्यालयले चेकजाँच गर्दा विवरण मिलेमा विवरण बुझाउने दलहरुको चुनाव चिह्न राखेर मतपत्र छापिने छ र उम्मेदवारी दर्तापछि सम्बन्धित दलकै चुनाव चिह्न दिइने एक आयुक्तले बताए ।

तर विवरण नबुझाएका जिल्लामा स्वतन्त्र उम्मेदवारकै चुनाव चिह्न लिने प्रतिवद्धता जनाउनुपर्नेछ ।

आयोगले मागेको विवरणहरु नबुझाउने दलका उम्मेदवारलाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै प्रदान गरिने ती आयुक्तले बताए ।

भन्छन्, ‘जिल्लामा संगठन छ र उम्मेदवारी पनि दर्ता हुने हो भने मतमत छाप्दा चुनाव चिह्न  राख्नुपर्‍यो, नभए राख्न सकिँदैन । यसबारे हामी १० गते निर्णय गर्छौं ।’

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५