अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पालिका स्तरीय युवा संवाद

दैलेख: अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पालिका स्तरीय युवा संवाद कार्यक्रम गरिएको छ ।अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा दैलेखको भगवतीमाई गाउँपालिकामा युवा संवाद कार्यक्रम गरिएको हो ।

भगवतीमाई गाउँ युवा परिषद्को आयोजना, भगवतिमाइ गाउँपालिकाको समन्वय तथा युवालय र अक्सफाम नेपालको सहयोगमा “स्थानीय सरकार र युवाको भूमिका” शीर्षकमा आयोजित कार्यक्रममा करिब ६० जना युवा, विद्यार्थी, सामाजिक अगुवा र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीमध्ये ५० जना युवाहरूले प्रत्यक्ष रूपमा आफ्ना विचार प्रस्तुत गर्दै युवाको प्राथमिकता र अपेक्षाबारे खुला छलफल गरेका थिए।

पाँच बुँदे प्रतिबद्धता पत्र हस्तान्तरण

कार्यक्रमको विशेष आकर्षणका रूपमा युवाहरूले तयार पारेको ५ बुँदे प्रतिबद्धता पत्र गाउँपालिका अध्यक्ष गणेश बहादुर थापालाई हस्तान्तरण गरिएको थियो। यस्ता छन् प्रतिबद्धताहरू

रोजगारी र उद्यमशीलतालाई प्राथमिकता, शिक्षा तथा सीप विकासमा लगानी, युवा परिषद्, सञ्जाल र छाँया सरकारलाई थप सशक्त बनाउने, मानसिक स्वास्थ्य सचेतना र आत्महत्या रोकथाम पहल, सामाजिक कुसंस्कार अन्त्यका लागि स्थानीय अभियानलाई संस्थागत गर्ने जस्ता बुँदाहरू समावेश छन्।

प्रतिबद्धता ग्रहण गर्दै अध्यक्ष थापाले, “युवाको आवाजलाई पालिकाको आगामी नीति, योजना र कार्यक्रममा समावेश गर्ने मात्र नभई कार्यान्वयनमा विशेष ध्यान दिनेछौँ,” भन्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, वडा नं.-४ का अध्यक्ष देवलोक अधिकारी, गाउँ युवा परिषद्को कार्यकारी उपाध्यक्ष राजेन्द्र अधिकारी, युवा सञ्जाल सदस्य तथा युवा छाँया सरकारका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र रेग्मी, ज्वाला माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक देवेन्द्र अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

आयोजकहरूका अनुसार यो संवादले युवाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने मात्र नभई स्थानीय सरकार र युवाबिचको सहकार्यलाई थप प्रगाढ बनाउन प्रेरणा दिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५