कर्णाली नदीमा डुंगासँगै बगेर किशोर बेपत्ता

दैलेखः कर्णाली नदीमा डुंगासँगै बगेर एक किशोर बेपत्ता भएका छन्। दैलेखको आठबीस नगरपालिका–१ रामघाट खोला र कर्णाली नदीको दोभान नजिकबाट बालक बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का १६ वर्षीय शिव शाही रहेका छन्।

आइतबार दिउँसो १२ बजेको समयमा डुंगा चलाउने क्रममा डुंगासँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिवसँगै अन्य दुई जना साथी पनि थिए। तर, शिवले म एक्लै चलाउनसक्छु भनेर डुंगा नदीमा लिएपछि बगेर बेपत्ता भएका हुन्।

शिवको खोजीका लागि प्रहरी चौकी पाल्तडाबाट प्रहरी टोली खटिएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५