तिन कार्याकाल विब्यस अध्यक्ष भएका हमाल सहित १३ जना जुवाखालबाट पक्राउ

दैलेखः सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलिएको अवस्थामा जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक स्थित एक होटलमा उनिहरुलाई प्रहरीले विहिबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा जुवातास खेलीरहेकाबाट नगद दुई लाख २९ हजार ९ सय रुपैयाँ, ५ गड्डी तास र १५ थान मोबाइलसमेत बरामद गरिएको छ ।
यसरी पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका–७ को नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कीर्तीखम्बका ब्यवस्थापन समिति अध्यक्ष अन्दाजी ४६ वर्षीया दिनेश हमाल, सोही पालिकाकै वडा नम्बर १३ मा बस्ने अन्दाजी ३१ वर्षीया जगत भण्डारी, वडा नम्बर ६ बस्ने अन्दाजी ४९ वर्षीया थिरबहादुर खड्का, वडा नम्बर ८ बस्ने अन्दाजी ३४ वर्षीया लक्ष्मण सिंह, वडा नम्बर ८ बस्ने अन्दाजी २५ वर्षीया अमृत सिंह, वडा नम्बर ६ बस्ने अन्दाजी ३७ वर्षीया शेरबहादुर खड्का र अन्दाजी ३४ वर्षीया सन्तोष थापा रहेका छन् ।
यस्तै, दैलेखकै डुङगेश्वर गाउँपालिका–२ बस्ने अन्दाजी २९ वर्षीया नेत्र बिष्ट, भैरबि गाउँपालिका–५ बस्ने अन्दाजी ४६ वर्षीया रत्नबहादुर थापा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ बस्ने अन्दाजी ४० वर्षीया जनकबहादुर सुनार, वडा नम्बर ३ बस्ने अन्दाजी ४० वर्षीया ओम खड्का, वडा नम्बर ६ बस्ने अन्दाजी ४८ वर्षीया सरोज बराल र वडा नम्बर ४ बस्ने अन्दाजी ३० वर्षीया हर्क थापा रहेका छन ्। उनिहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत रहेका हमाल विद्यालय ब्यवस्थापन समितिका ३पटका अध्यक्ष भइसकेका बहालवाला अध्यक्ष हुन् ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५