दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। भगवतीमाई गाउँपालिका-१ बेस्तडाका रूपबहादुर खड्काका १९ वर्षीय छोरा सुजन खड्काको भीरबाट लडेर शनिवार मृत्यु भएको हो।
मेहलतोली सडेनीमा रहेको स्याउ बगैँचा हेर्न जाने क्रममा भीरबाट लडेर १९ वर्षीय सुजन खड्काको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ।

हाम्राे जानकारी
तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५

खुल्ला प्रेस । १५ बैशाख २०८१, शनिबार २१:२१