दिनदहाडै लुटिए व्यापारी

सुर्खेत- सल्यानमा सोमबार एक व्यापारी दिनदहाडै लुटिएका छन्। बाँकेको नेपालगञ्‍जका व्यापारी सेराज हलवाई सल्यानको कपुरकोट गाउँपालिका गाउँपालिका –१ को कालापात्ला जंगलमा लुटिएका हुन्।

अपरिचित युवाहरुको समूहले खुकुरी देखाएर उनको साथबाट तीन लाख रुपैयाँ लुटेको सल्यान प्रहरीले जनाएको छ। उनी तरकारी खरिदका लागि त्यहाँ पुगेका थिए।

कपुरकोटदेखि शीतलपार्टी जाँदै गर्दा कालापात्ला जंगलमा युवाहरु खुकुरी देखाएर लुटपाट गरेको प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी अर्जुन पौडेलले जनाए। ट्रकमा व्यापारी, चालक र मजदुरसहित चार जना थिए। प्रतिकार गर्न खोज्दा उनीहरु चढेको रा १ ख २३९१ नम्बरको मिनी ट्रकमासमेत तोडफोड गरेका थिए। लुटेरा समूहको खोजी गरिरहेको प्रहरीले जनाएको छ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५