पाकिस्तानमा शक्तिशाली भूकम्पमा परि २० को मृत्यु, कयौँ घाइते

काठमाडौं । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बिहीबार बिहान करिब ३ बजेतिर गएको भूकम्पमा परि कम्तिमा पनि २० को मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । त्यस्तै कयौं मानिसहरु घाइते तथा संरचनाहरु भत्किएको समाचारहरुमा उल्लेख गरिएको छ । भत्किएका घर तथा संरचनाहरुमा कयौँ मानिस च्यापिएको अनुमान गरिएको छ । भूकम्प ५.९ म्याग्निच्युटको मापन गरिएको छ ।

बिहान सुतिरहेको अवस्थामा भूकम्प आएकाले धेरै मानवीय क्षति भएको बताइएको छ । हालसम्म २० को मृत्यु भइसकेको पुष्टि भएपनि भूकम्पले धेरै क्षति पुर्याएको अनुमान गरिएको छ । यद्यपि यकिन तथ्याङ्क भने आउन बाँकी नै रहेको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५