
दैलेखः प्रतिनिधि सभा सदस्य पार्वती विशुन्केले जनताका समस्या समाधान गर्नेको लागि सम्बन्धित मन्त्रालय मात्र नभई सत्तापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुपर्ने बताएकी छिन् । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले जनताका हरेक समस्याहरु समाधान गर्नको लागि मन्त्रालय सतापक्ष र प्रतिपक्ष एकै ठाउँमा उभिनुपर्ने बताएकी हुन् ।
किसानले मल नपाएकाे बारेमा बाेल्दै उनले भनिन् – आफु अध्ययन गर्दा नेपालमा ८० प्रतिशत कृषिमा आधारीत देश हो भन्ने पढेको भएपनि अहिले ६० प्रतिशत भनी तत्याङ्कमा बढ्नुपर्ने भएकोले केही समय पछी ३० प्रतिशत कृषिमा आधारीत भन्ने बढ्नुपर्ने त होइन भन्दै यस तर्फ सरकारको ध्यान जान जरुरी रहेको बाताइन्।
हामी पक्ष प्रतिपक्ष जाे हौ हामी जनताका जनप्रतिनिधि भएकाले सामाधानको बाटो खोजौ त्यो बाटो भनेको नेपाल मै मल कारखाना खोल्नु नै हो । हामी जनताका समस्यामा सम्वेदनशिल हुनै पर्छ । नत्र जनताले छुट दिने छैनन् । यो समस्याको अभिलम्ब सामाधान गर्न सभामुख मार्फत सम्बन्धीत कृषि मन्त्रालयको ध्यानकर्षण गराउछु उनले भनिन् ।




खुल्ला प्रेस । ३० जेष्ठ २०७९, सोमबार २३:११