बास नेपाल जाजरकाेट शाखा पुनर्गठन

दैलेख: बास नेपाल जाजरकाेट शाखा पुनर्गठन गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास) नेपालका कर्णाली प्रदेश सदस्य सारदा पुन मगरको विशेष उपस्थितिमा जाजरकाेट शाखा पुनर्गठन गरिएको हो ।

सुशासन र भ्रष्ट्राचारको क्षेत्रमा काम गर्दै आएको संस्थाले दैलेख लगायत ७७ वटै जिल्लामा काम गर्दै आएको छ । भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएको क्लब जिल्लामा पछिल्लो समय निष्क्रिय भएको भन्दै शाखालाई पुनः गठन गरिएको कर्णाली प्रदेश सदस्य सारदा मगरले बताईन ।

उनले  भनिन– जिल्लामा पुराना साथीहरू हुनुहून्थो समय अनुकूलता अनुसार साथीहरू काम विशेष अहिले टाढिनु भयो उहाँहरूले टाइम दिन नसकेपछि शाखालाई पुनर्गठन गठन गर्नु परेको हो, यो टिम जुधारु भएकाले सक्रिय रूपमा लाग्ने अपेक्षा गरेका छौँ । हामी सधैँ भ्रष्ट्राचार अनियमितता विरुद्ध आवाज उठाउँछौँ ।

साेमबार सदरमुकाम खलङ्गा बजारमा भएको एक कार्यक्रमका बिच नयाँ कार्यसमिति गठन गरिएको छ । जसको अध्यक्षमा विनोद आरसी, उपाध्यक्ष ललिता पुन, सचिव सुसीला खड्का, सह सचिव पुष्पराज वली, कोषाध्यक्ष देविका अाेली, सदस्यहरु कली सिंह, भगवती पुन, बर्षा पुन, यशुदा थापा, प्रकाश सिंह, कमला सिंह सहित ११ सदस्य समिति गठन गरिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५