११ स्थानीय तहमा ९२ वटा सिचाई योजना निर्माण गर्दै कृषि विकास कार्यालय

दैलेख, सिँचाइको अभावमा दैलेखमा अधिकांश खेतीयोग्य जमिन बाँझो छ । आकाशे पानीको भरमा खेती गर्दा उत्पादन कम हुने र जसका कारण खाद्यान्न अपुग हुने गरेको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानका लागि कृषि विकास कार्यालय दैलेखमार्फत जिल्लाका ११ स्थानीय तहमा ९२ वटा सिँचाइ आयोजना तथा सिँचाइ पोखरी निर्माणको चरणमा रहेको जनाएको छ ।

कृषि विकास कार्यालयका अर्थविज्ञ झलक भण्डारीले दैलेखमा हाल सम्म ४३ हजार १२१ हेक्टर जमिन कृषि योग्य भएको जानकारी दिए उनले ३४ हजार ४९७ हेक्टर जमिनमा खेती गर्ने गरेको आठ हजार हेक्टर जमिन ६३४ हेक्टर जमिन सिँचाइ अभावकै कारण बाँझो रहेको बताए उनका अनुसार कुल सिँचाइ हुने हेक्टर नौ हजार ५४८ हेक्टरमध्ये वर्ष भरी सिँचाइ हुने दुई हजार ५११ हेक्टर र मौसमी सिँचाई हुने सात हजार ३७ हेक्टर छ । २४ हजार ९४९ हेक्टर जमिन सिँचाइ सुविधा छैन । यही समस्यालाई विचार गर्दै कृषि बिकास कार्यालयले खेतियोग्य जमिनमा सिँचाइ सुविधा पु¥याएर उत्पादन वृद्धि गर्ने रणनीतिअनुसार सिँचाइ आयोजना निर्माण गर्न लागेको जनाएको छ ।

कृषि विकास कार्यालय दैलेखका कार्यालय प्रमुख नरेन्द्र थापाले ९२ वटा सिँचाइ आयोजनाको सम्झौता गरी कामहरु धमाधम भइरहेको बताए उनले धेरै सिँचाइ आयोजना निर्माण सम्पन्न भएको र केही अन्तिम चरणमा रहेको बताए । उनले भने सिँचाइ आयोजनाको गुणस्तर बढाउन प्रत्येक सिँचाइ आयोजनाको नियमित अनुगमन गरिएको र काम गुणस्तर नपाइएकामा तत्काल त्यसको मर्मत गर्न लगाइएको बताए ।

दैलेख जिल्लामा लिफ्ट सिँचाइ आयोजना अन्र्तर्गत कर्णाली नदीबाट आठबिस नगरपालिका, छामघाट खोला नदीबाट भैरवी गाउँपालिका र महावु गाउँपालिका, लाहोरे खोलाबाट नौमुले गाउँपालिका, डुँगेश्वर गाउँपालिका र नारायण नगरपालिकामा सिँचाइ आयोजना निर्माण गर्न लागिएको कार्यालयले जानकारी दिएकाे छ। सिँचाइ प्रणालीको निर्माणका लागि प्रदेश सरकार मार्फत् ८० लाख रकम विनियोजना भएको र स्थानीय सरकारको साझेदारीमा लिफ्ट सिँचाइ आयोजना निर्माण हुनेछन् ।
त्यस्तै, सिँचाइ सुविधाका लागि ५० वटाभन्दा बढी पोखरी निर्माण समेत गरेको जानकारी दिइएको छ । खेतियोग्य जमिन बाँझै हुनु र खेती गरिएको जमिनमा पनि न्यून उत्पादन हुँदा दैलेखमा आठ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने गरेको छ । गाेरखापत्रबाट

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५