दैलेख एमालेकाे अधिवेशन मिति तय

दैलेखः विवादका कारण स्थगित भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन चैत १-२ मा सञ्चालन हुने भएको छ ।एमाले दैलेखको आज बसेको बैठकले सो निर्णय गरेको एमाले आठबीस नगर अध्यक्ष अम्मर माझीले जानकारी दिए ।

गत पुस २३ गते अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो । विवादसँगै सबै निर्वाचन प्रक्रिया खारेज भइसकेको छ ।

दैलेखमा जिल्ला अध्यक्षका लागि यसअघि रविन्द्रराज शर्मा र सूर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो । मतगणनाको क्रममा मतदाता संख्याभन्दा बढी मत भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५