बालविवाह विरुद्ध साझा अभियान संजालले गर्यो बालविवाहमा परेका १५ जनाको पुनः स्थापना

दैलेख: दैलेखमा १५ जना बालविवाह गरेकालाई पुनः स्थापना गरिएको छ। बालविवाह विरुद्ध साझा अभियान सञ्जाल दैलेखले दैलेख जिल्लामा बालविवाहमा परेका १५ जनालाई पुनः स्थापना गरिएको जानकारी दिएको हो ।

शनिवार दैलेखमा भएको पत्रकार सम्मेलन मार्फत दैलेखमा बालविवाह विरुद्ध साझा अभियान सञ्जालले गरेका क्रियाकलापहरूको जानकारी दिइएको छ । सञ्जालका अध्यक्ष लोके गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस वक्तव्य जारी गरिएको थियो उक्त वक्तव्य अनुसार बालविवाह विरुद्ध साझा सञ्जालले कर्णाली प्रदेशका १० जिल्लामा २८ वटा संस्थाको पहलमा प्रदेशभर ११० संस्थागत तथा ४० भन्दा बढी व्यक्तिगत सदस्यहरू आबद्ध भएको जानकारी दिएको छ ।

दैलेख जिल्लामा ११ वटा संस्थागत सदस्य र ६ जना व्यक्तिगत सदस्य सक्रिय छ । हाल सञ्जालले नारायण नगरपालिका, दुल्लु नगरपालिका र भैरवी गाउँपालिकामा नागरिक समाज, युवा बाल क्लब तथा सरोकारवालासंगको सहकार्यमा बालविवाह अन्यका लागि नीति,योजना, सचेतना तथा पैरवीका कार्यक्रम गर्दै आएको छ ।

स्थानीय सरकारले बालविवाहमा चासो नदिएका बेला यस सञ्जालले तीन साझा बुझाइलाई आफ्नो वकालतको आधार बनाएको छ । १८ वर्ष भन्दा कम उमेरमा भएको विवाह “बालविवाह”, १८ देखि २० वर्ष नपुगी गरिएको विवाह “गैरकानुनी” १८ बर्षभन्दा कम उमेरमा भएको विवाहलाई उनीहरूले गरेको विवाहका कारण अपराधीकरण गर्नु हुँदैन, १८ वर्ष माथिको हकमा भने प्रचलित कानुनअनुसार आवश्यक कानुनी जिम्मेवारी र उत्तरदायित्व सुनिश्चित गरिनुपर्छ । सञ्जालको साझा धारण अनुसार रोमियो-जुलियट कानुनको अवधारणालाई आत्मसात् गर्ने वक्तव्यमा भनिएको छ ।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा बोल्दै साझा सञ्जालका सदस्य यज्ञराज थापाले यो अभियान सबैको साझा अभियान भएको बताए । उनले बालविवाह सम्बन्धी स्थानीय सरकार जिम्मेवार हुनुपर्ने धारण राख्दै माध्यमिक स्तरका विद्यालयहरूमा बालविवाह सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने र सरकारले पनि सूचनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भनाइ राखे ।

विशेष अतिथि पत्रकार महासङ्घ दैलेखका अध्यक्ष कमल शर्माले यस अभियानलाई सफल बनाउन पत्रकार महासङ्घ तथा सञ्चारकर्मीहरूले सकारात्मक भूमिका निर्वाह गर्ने र स्थानीय सरकारसँग समन्वय गर्ने तथा गाउँमा भएका बालविवाहका घटनालाई प्राथमिकताका साथ सम्प्रेषण गरी सहयोग गर्ने बताए ।

अहिले पनि बालविवाह मुक्त वडा तथा स्थानीय तहमा बालविवाह हुने गरेको विवरण आउने गरेकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने भनाइ राखे ।

साझा सञ्जाल दैलेखका अध्यक्ष गिरीले पत्रकार महासङ्घलाई पदेन सदस्य राखेर सञ्जालले काम गरिरहेको बाल विवाहमा दुवै पक्ष पीडित हुने हुँदा यस तर्फ अभियान पैरवी गरिरहेको बताए । यस अभियानमा सबैले सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको उनको धारण छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५