मेतलपाटामा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु

दैलेख ः जिल्लाको भगवतीमाई गाउँपालिका–३ मेतलपाटा दैलेखमा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
विजया दशमी तथा शुभ दीपावलीको अवसर पारि वडा नं. ३ को महदेव माध्यमिक विद्यालयको प्राङ्गणमा  प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रथम वडा स्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको खेलकुद विकास समितिका संयोजक पदम बहादुर खड्काले जानकारी दिएका छन् ।
 बिहीबार वाट सुरु हुने प्रतियोगिता खेलकुद विकास समिति भगवतीमाई–३ को आयोजना ३ नं वडा कार्यालयको समन्वयमा सम्पन्न हुने प्रतियोगितामा ११ वटा टिम दर्ता भएका छन् ।
दर्ता भएका टिमहरू बिच प्रतिस्पर्धा हुने खेलमा प्रथम पुरस्कार २५ हजार रुपैयाँ नगद सहित मेटल र प्रमाण पत्र, दृतिय पुरस्कार १७ हजार रुपैयाँ नगद सहित मेटल र प्रमाण पत्र, तृतीय पुरस्कार १० हजार रुपैयाँ नगद सहित मेटल र प्रमाण पत्र तथा उदयमान खेलाडीहरूलाई २ हजार पाउने गरी व्यवस्था गरिएको आयोजकले बताएको छ ।
वडामा खेलकुदका कार्यक्रम कमै हुने गरे पनि यो पटक खेलकुद विकास समितिले पहल गर्दा प्रथम वडा स्तरीय भलिबल प्रतियोगिता सुरु हुन लागेको  वडा कार्यालयले  जानकारी दिएको छ ।

हाम्राे जानकारी

तपाईहरुसंग कुनै समाचार बन्ने सामाग्री छन् वा तपाईहरु लेख तथा कला साहित्यको रचना गर्नुहुन्छ यदि छन भने हामीलाई पठाउन नभुल्नुहोला हामी प्रथमिकताका साथ प्रकाशन गर्नेछौँ ।
लेख तथा समाचार पठाउने माध्याम :
इमेलः Khullapress@gmail.com,kadhikari006@gmail.com सम्पर्क नं. ९८५८०८८३१०,९८६८९१२२१५